पु.समाचार

अनुगमनको क्रममा यसरी भेटिए म्याद सकिएका तेल, सुजी, बिस्कुट

पोखरा । रुपा गाउँपालिका कार्यालय कास्कीले गाउँपालिका क्षेत्रभित्र मानव स्वास्थ्य र त्यससँग सम्बन्धित विविध वस्तुको आइतबार अनुगमन गरेको छ ।

कार्यालयले स्वास्थ्य संस्था, विद्यालयका साथै मानिसले उपयोग गर्ने औषधिजन्य वस्तु, खाद्यान्न आदिको सम्बन्धित विषय सम्बद्ध प्राविधिकको उपस्थितिमा अनुगमन गरेको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

उनका अनुसार छुट्टछुट्टै दुई समूहमार्पmत गाउँपालिकाका वडा नं ३, ४, ५ र ७ का मुख्य बजार देउराली, गैरापोखरी, पोल्याङ, रामदी, रामपुर र पिप्लेका १२० वटा पसलमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा बजारमा बिक्रीका लागि राखिएका विभिन्न कम्पनीका बिस्कुट, सुजी, खानेतेल, गुल्कोज लगायतका सामग्री म्याद सकिएका पाइएको उनले बताए।

त्यस्तै साँझ ५ः०० देखि ९ः०० बजेसम्म बाहेक अन्य समयमा मदिरा बिक्री वितरणमा पनि रोक लगाइएको छ । अनुगमन टोलीमा सम्बन्धित वडाका जनप्रतिनिधि, स्वास्थ्य, पशु स्वास्थ्य, कृषि क्षेत्रका प्राविधिक सुरक्षाकर्मी र सञ्चारकर्मीको सहभागिता रहेको गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले जानकारी दिए ।