राजनीति

दुई नम्बर प्रदेशमा कुन नेताले कहाँ मतदान गरे ? यस्तो छ पछिल्लो रिपोर्ट !

काठमाण्डौ । दुई नम्बर प्रदेशको निर्वाचनमा मतदान प्रक्रिया सुरु भएसँगै शीर्ष नेताहरुले मतदान प्रक्रियामा भाग लिइरहेका छन् । केहीबेर अघिसम्म ठूला र मधेसी दलका केही नेताहरुले मतदान गरिसकेका छन् ।

भर्खरै एमालेका बरिष्ठ नेता माधव नेपालले रौतहटको गौर नगरपालिकास्थित जानकी कन्या प्रावि मतदान केन्द्रमा मतदान गरेका छन् । उनी परिवारसहित मतदान केन्द्रमा मत हाल्न पुगेका थिए । त्यस्तै कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिले पनि भर्खरै मतदान गरेका छन् ।

उनले धनुषाको रामेश्वर निधि स्कुलको मतदान केन्द्रबाट मतदान गरेका छन् । त्यस्तै राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले पनि मतदान गरिसकेका छन् ।

उनले सर्लाहीको चन्द्रनगर गाउँपालिकाको वाड नम्बर २ को श्री दुर्गा खोभारी जनता उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।
त्यस्तै, प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले पनि मतदान गरेका छन् । उनले राजिविराजको राष्ट्रिय प्रावि, राजदेवी मतदान केन्द्रबाट मतदान गरेका छन् ।