राजनीति

कुनै नेता भोट माग्न पुगेनन् यो वस्तीमा !

काठमाण्डौ । स्थानीय तह निर्वाचनको अघिल्लो दिन नगरदेखि गाउँसम्म मतदाता फकाउने होड जलिरहँदा हंसपुर नगरपालिका ३ कठपुल्लाका देवा मल्लिक डुमको परिवार भने बाँसको डालो बनाउन ब्यस्त थियो । बाँसबारीको छहारीमा पत्नी कुनो देवी र कान्छी छोरी रुवी डालो बनाउँदै थिए ।

छोराबुहारी नजिकै झुपडीमा गफिँदै त नाती नातिनी माटामा खेल्दै थिए । आफुहरुसंग कुनै दल वा स्वतन्त्र उम्मेदवार भोट माग्न नआएका दवा बताउँछन् । सोमबारको कान्तिपुरमा लेखिएको छ, जनकपुर खरिहानी सडकछेउकै ऐलानी जग्गामा देवाको बसाई छ ।