स्वास्थ्य

सर्वोच्च अदालतको आदेशलाई समेत यसरी लत्याँदैछ त्रिवि शिक्षण अस्पताल !

काठमाण्डौ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल टिचिङ ले सर्वोच्च अदालतको आदेशविपरीत अस्पतालको हाताभित्र निजी फामेर्सी हटाउन अटेरी गरेको छ । सर्वोच्चले अस्पताल परिसरभित्रका निजी फार्मेसी हटाउन आदेश दिएको २ बर्ष वित्दा पनि टिचिङले अझै हटाएको छैन ।

सरकारले सबै सरकारी अस्पतालमा आफ्नै फार्मेसी खोल्ने निर्णय गरी अघिल्ले बर्ष नै आवश्यक रकमसमेत निकासा गरिसकेको थियो । सर्वोच्चको आदेशअनुसार सरकारी अस्पतालभित्र निजी फार्मेसी सञ्चालनमा रोक लगाईएको छ ।

निजि फार्मेसी सञ्चालन नियन्त्रण गर्न सरकारले अस्पताल फार्मेसी सेवा निर्देशिका ०७२ जारी गरेको छ । सोमबारको कान्तिपुरमा लेखिएको छ, टिचिङले भने उक्त निर्दशिकाविपरित अस्पताल परिसरभित्र निजी फार्मेसी चलाईरहेको छ ।