राजनीति

यसरी ओसारिदैछन् मतपेटिका, के अब मतदान प्रक्रिया सुरक्षित होला ?

सर्लाही । जिल्लाका केही मतदान अधिकृतले लापरबाही तरिकाले मोटरसाइकलबाट मतपेटिका ओसारेका छन् । जिल्लाका केही केन्द्रलाई संवेदनशील मतदानस्थल तोके पनि मतपत्र भने असुरक्षित तरिकाले लगेको भेटिएको छ ।

आइतबारको कान्तिपुरमा लेखिएको छ, ३ सय १८ मतदानस्थलमध्ये १ सय ४१ लाई अति संवेदनशील र १ सय ५१ लाई सवेदनशील मानेर सुरक्षा व्यवस्था मिलाइएको छ ।

मूख्य निर्वाचन अधिकृत सूर्यप्रसाद अधिकारले भने, प्रहरी पछाडी बसेर बोक्ने गरी मोटरसाइकलमा मतपत्र सुरक्षित पठाइएको हो । कसैले ढुवानी खर्च बचाउन छलेर आफैं लगेको भए भन्न सक्दिनँ । सबैलाई प्रहरीको साथ लगाएर मात्र मतपत्र लग्न भनिएको छ ।