राजनीति

प्रधानमन्त्री देउवाका लागि देखियो सुःखद संकेत, यसकारण एक्कासि सफलता नजिक पुगे उनी !(भिडियो)

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा चौथोपटक नेपालको प्रधानमन्त्री भएको सय दिनभन्दा बढी भएको छ । गत जेठ २३ गते संसदमा बहुमत प्राप्त गरी प्रधानमन्त्री चुनिएका देउवाले सय दिनमा कति काम गर्न सके यो विषयमा अहिले महत्वपूर्ण बहस चलिरहेको छ ।

वास्तवमा अघिल्ला ३ पटक मुलुकको प्रधानमन्त्री हुँदा असफलताको जस बेहोरेका प्रधानमन्त्री देउवाले यो पटक भने सुःखद संकेत दिएका छन् ।

सय दिनमा उनको नेतृत्वमा धेरै काम भएका छन् । पछिल्ला वर्ष निकै सकसपूर्ण गतिरोधको राजनीतिक अल्झनमा फसेको मुलुकलाई उनले गति दिएका छन् ।

दोश्रो चरणको स्थानीय तहको निर्वाचनदेखि संघीय संसद र प्रदेशसभाको निर्वाचन समेत हुने निश्चित भएको छ ।  अहिले मुलुक दुई नम्बर प्रदेशमा तेश्रो चरणको निर्वाचन गर्ने प्रक्रियामा रहेको छ ।

आगामी मंसिर १० र २१ गते संघीय संसद र प्रदेशसभाको निर्वाचन तोकिएको छ । सबै तहको चुनाव सम्पन्न गर्ने चूनौतीको सामना गर्न प्रधानमन्त्री देउवा सफल हुने संकेत देखिएको छ ।

त्यतिमात्र होइन पछिल्लो समयमा मुलुकमा आएको विपत्ति र त्यसको व्यवस्थापनमा उनको नेतृत्वको सरकारले खेलेको भूमिका महत्वपूर्ण देखिन्छ ।

त्यसैले योपटक हामीले प्रधानमन्त्री देउवाको नेतृत्वको सरकारका सय दिन र उनले छोटो समयमै खेलेको महत्वपूर्ण भूमिका र सफलतासँग जोडेर निर्माण गरेको भिडियालाई यहाँ प्रस्तुत गरेका छौ ।

प्रधानमन्त्री देउवाको नेतृत्वमा बनेको सरकारले सय दिनभित्र के–के गर्यो त ? यो प्रश्नको उत्तर यो भिडियोले नै दिने छ । हेरौं यो महत्वपूर्ण भिडियोः