राजनीति

काँग्रेस बाहेक सबै पार्टी मधेस बिरोधी- डा शेखर कोईराला

काठमाण्डौ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले संबिधान संशोधन हुन नदिएर एमालेले निकै ठुलो गल्ती गरेको बताउँदै नेपाली काँग्रेसले संबिधान संशोधन गराएरै छाड्ने प्रतिबद्धता जनाएका छन्।
डा.कोईरालाले काँग्रेस बाहेक सबै पार्टीले मधेसमा बिस्वास गुमाईसकेकाले नेपाली काँग्रेसले मात्रै मधेशको समस्या समाधान गर्ने बिचार ब्यक्त गरेका छन् । प्रदेस नं-२ को स्थानिय निर्वाचनको प्रचारका लागी बिगत २ सातादेखी मधेसमै रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. कोईरालाले सर्लाहीको गौडेता नगरपालिकामा आयोजित चुनावी आमसभालाई संबोधन गर्दै काँग्रेस बाहेक सबै दलहरूले मधेसमा झुटको खेती गरेर मधेसी जनतालाई सधै अन्धकारमा राखेको बताएका छन्।

कार्यक्रममा काँग्रेस नेता माननिय डा. अमरेस कुमार सिंहले आफ्नो पार्टी नेपाली काँग्रेसले मधेसीको संबेदनशिलतासँग कसैसँग कहिल्यै सम्झौता नगर्ने बताए। राजमार्ग भन्दा टाढा रहेको यो स्थानमा पूग्ने डा शेखर कोईराला पहिलो नेता भएको सर्लाही काँग्रेसका उपसभापती सूरेन्द्र सिंहले बताए ।कार्यक्रममा शिक्षक संघका पूर्बअध्यक्ष मोहन ज्ञवाली लगायत बिशिष्ट ब्यक्तीहरुको उपस्थिति थियो ।