पु.समाचार

दुई नम्बर प्रदेशको चुनावका लागि तत्काल देखिए यस्ता चार सुरक्षा चुनौती !

काठमाण्डौ । तराई-मधेसका आठ जिल्लामा सोमबार हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा चारवटा सुरक्षा चुनौती देखिएका छन् । सुरक्षा निकायले यही चुनौतीलाई ध्यानमा राख्दै आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्याथएको जनाएका छन् ।

सुरक्षा अधिकारीहरूका अनुसार निर्वाचनमा खुला सिमाना, भूमिगत संगठन, निर्वाचनको विरोधमा रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र सीके राउतका गतिविधि अनि दलहरूको शक्ति प्रदर्शनलाई सुरक्षा चुनौतीका रूपमा हेरिएको छ ।

यी जिल्ला बढी आपराधिक गतिविधि हुने क्षेत्रमा पर्ने भएकाले पनि निर्वाचनका लागि यहीअनुरूप रणनीति बनाएको सुरक्षा निकायले जनाएका छन् ।

खुला सिमानाका कारण अपराधीहरू यताउता गर्ने भएकाले स्थानीय प्रशासनले सीमावर्ती सुरक्षा निकायसँग निर्वाचनमा समन्वय हुन गइरहेको जानकारी दिएका छन् ।

शुक्रबारको अन्नपूर्णमा लेखिएको छ, स्थानीय सुरक्षा निकायहरूका अनुसार धनुषामा ५३२ मध्ये ३२७, महोत्तरीमा ४१५ मध्ये १३५, सिरहामा ४३१ मध्ये १०९, सप्तरीमा २९५ मध्ये २०७ वटा मतदानस्थल अति संवेदनशील समूहमा छन् ।