पु.समाचार

अब यस्ता व्यक्ति पनि बन्न पाउने भए नेपालका राष्ट्रपति र उपराष्ट्रपति !

काठमाण्डौ । संगठित अपराध वा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा दोषी ठहर भई सजाय पाइसकेका व्यक्ति पनि नेपालको राष्ट्रपति अथवा उपराष्ट्रपति बन्न सक्ने व्यवस्थासहितको मस्यौदा संसद सचिवालयमा दर्ता भएको छ ।

सरकारले व्यवस्थापिका संसदममा दर्ता गराएको राष्ट्रपति अथवा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा १२ (ङ) मा ती व्यवस्था उल्लेख छ ।

शुक्रबारको नेपालसमाचार पत्रमा लेखिएको छ, संगठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० बर्षभन्दा कम कैदको सजाय पाई भुक्तान गरेको मितिले ६ बर्ष पुरा गरे पछि राष्ट्रपति अथवा उपराष्ट्रपति बन्न योग्य हुने उल्लेख छ ।