राजनीति

चुनावकै मुखमा यस्तो हुँदा पनि किन मौन छ निर्वाचन आयोग ?

काठमाण्डौ । मधेसको प्रदेश नम्बर २ का आठ जिल्लामा असोज २ मा हुने स्थानीय तह निर्वाचनमा राजनीतक दल तथा उम्मेदवारहरुले निर्वाचन अचारसंहिताको धज्जी उडाएका छन् । निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको नियमन गर्ने निकाय मुख्य निर्वाचन अधिकृतका कार्यालय भने मौन छ ।

दलहरुले एक अर्कालाई आचारसंहिता उल्लंघन गरेको आरोप लगाए पनि व्यवहारमा कुनै पनि चोखो छैनन् । शुक्रबारको नागरिकमा लेखिएको छ, सबै दलले आफ्नो हैसियत र आकार अनुसार आचारसंहिता उल्लंघन गरिरहेका छन् ।