पु.समाचार

मन्त्री देवले कडा कदम चालेलगत्तै उड्डयन प्राधिकरणमा देखियो यस्तो संकेत !

काठमाण्डौ । पर्यटनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई जिम्मेवारीबाट हटाउने उदेश्यसाथ सोधिएको स्पष्टीकरणले नेपाल सरकारलाई करिव सात अर्ब रुपैयाँ घाटा हुन सक्ने देखिएको छ ।

शुक्रबारको नागरिकमा लेखिएको छ, गौतमलाई सोधिएको स्पष्टीकरणपछि त्रिभुवन विमानस्थल विस्तारको ठेक्का विवादमा सिंगापुरमा चलिरहेको मुद्धाको आर्बिटेसनमा पराजित हुने सम्भावना बढेको छ ।, र त्यस्तो भएमा नेपाल सरकारलाई करिव सात अर्ब रुपैयाँ घाटा पर्नेछ ।