पु.समाचार

कांग्रेस नेता निधिको क्षेत्रमा देखियो एक्कासि यस्तो संकट, अब कसरी जोगाउलान् निधिले आफ्नो अस्तित्व ?

काठमाण्डौ । नेपाली काग्रेसका शिर्ष नेतृत्वहरु यतीवेला चुनावी प्रचारका लागी मधेशमा छन । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहितको टोली मधेशमा चुनावी प्रचारको क्रममा संचारमाध्यमहरुसंग प्रस्तुत हुदा एमालेप्रति आक्रामक देखिन्छन् ।

सभापति देउवाका विश्वासपात्र नेताको रुपमा देखिएका विमलेन्द्र निधिले टिकट वितरणदेखि अन्य भुमिकामा हावी भएपछि अन्य पक्षका दुई नम्बरका नेता कार्यकर्ताले त्यसको खुलेरै विरोध गरेका थिए । तर निधिले पार्टीको दुई नम्बर भेलामा यस प्रदेशवाट काग्रेसले सय सिट जित्ने दावी गरेका थिए ।

बिहीबारको अन्नपूर्णमा लेखिएको छ, चुनावी प्रचारका लागी धनुषामा रहँदा दुई दिन अगाडी मात्र निधिले धनुषासहित मधेशमा कांग्रेसप्रति जनलहर चलेको दावी गरेका थिए । उनले मधेशवाट एमाले वढारिने दावी समेत गरे । तर नेता निधिको गृहनगर रहेको धनुषाको नगराईन नगरपालिकामा कांग्रेस र एमाले विचमा मेयर पदका लागी कडा प्रतिस्पर्धा चलिरहेको छ ।

यी हुन् विमलेन्द्र निधिका कमजोरी
-दुर्गानन्द झा अस्पताल निर्माणमा अवरोध
-विश्वासपात्रलाई पक्षपोषण
-गृहमन्त्री भएका बेला राजनीतिपीडित भन्दै १८ आसेपासेलाई रकम
-शक्तिमा आएपछि पूरा कांग्रेसीलाई उपेक्षा