आर्थिक

अब काठमाण्डौको सडक खन्ने जिम्मा प्राधिकरणलाई

काठमाण्डौ । ढलको पाइप, खानेपानीको पाइप, टेलिकमको फाइबर बिच्छ्याउने नाममा पक्की सडक खन्ने क्रमले अझै केही बर्ष निरन्तरता पाउने भएको छ ।
ढलको पाइप बिच्छ्याउन खनेको पक्की सडक पिच गरेर सुक्न नपाउँदै खानेपानीको पाइप बिच्छ्याउन त्यही पिच खन्ने परम्पराको लामो शृंखला अझै रोकिएको छैन ।

अब नेपाल विद्युत प्राधिकरणले बिजुलीको तार जमिनमुनि बिच्छ्याउनका लागि राजधानीमा बाँकी रहेका पक्की सडक खन्ने योजना बढाएको छ । बिहीबारको नेपाल समाचारपत्रमा लेखिएको छ, प्राधिकरणले तारलाई भूमिगत गर्ने क्रम शुरु गर्ने भएको छ ।