आर्थिक

आईएमईका सेवाग्राहीपर्ब बहादुरले पाए ६ लाखको जीवनबीमा

काठमाडौं । भाद्र यसपटकको दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गत पहिलो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही पूर्ब बहादुर राईले प्राप्त गर्नुभएको छ । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा मलेशिया स्थित रिया आईएमईबाट नेपालमा पैसा पठाउनु हुने राई भाग्यशाली विजेता छनोट हुनुभएको हो । भाग्यशाली विजेता राई वा नीजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको छ लाख बराबरको जीवन बीमा प्राप्त गर्नुहुनेछ ।

यहीभाद्र १२ गतेदेखि संचालनमा ल्याईएको सेवाग्राही मूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्कीड्र’मा ९०० सय जनाआईएमई पे क्यासमार्फत् पुरस्कृत भइसक्नु भएको छ । मङ्गसिर ३ गतेसम्म १२ हप्ता संचालन हुने यस सेवाग्राही मूखी कार्य कममा पैसा पठाउनुहुने सेवाग्राही मध्येबाट ट्रान्जेक्शननम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रहीविजेता छानिन्छ ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँच सम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १५५ आईएमई सेन्टरसहित ७५ जिल्लाका ६,४०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् विदेशमा कार्यरत नेपालीहरुले दु:ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।