पु.समाचार

हेलिकप्टर कम्पनीलाई सूचना दिन प्रहरीको आग्रह

रसुवा । रसुवा जिल्लाको भू–भागमा उडान भर्ने हेलिकप्टर कम्पनीहरूले विमानस्थलबाट उड्नुअघि रसुवा प्रहरीलाई खबर गरिदिन आग्रह गरिएको छ ।

जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार हेलिकप्टर अवतरण गर्ने स्थानमा सुरक्षा दिनु नेपाल प्रहरीको दायित्व भएको र कुन ठाउँमा हेलिकप्टर बस्छ ठेगान नहुँदा सुरक्षा प्रदानमा असहज भएका कारण रसुवाली आकासमा रमाना हुनुपूर्व जिल्ला प्रहरी रसुवाको टेलिफोन नं ०१०५४०१९९ खबर गरिदिने वातावरण सिर्जना गरिदिन आग्रह गरिएको छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जको अधिकांश भू–भागमा हेलिकप्टर अवतरण गर्ने र हेलिकप्टरका यात्रुले अवैध चीज बोक्नसक्ने आशंकासमेत बडेकाले जाँच परीक्षणको समेत आवश्यक देखिएको बताइएको छ ।