अन्तर्राष्ट्रिय

सिरियाली सेनाको हवाई आक्रमणबाट ६९ व्यक्तिको मृत्यु

दमासकस (सिरिया)। सिरियाको पूर्वी प्रान्त देइर अलजोरमा आइतबार पछि गरिएका हवाई आक्रमणमा परी ६९ जनाको ज्यान गएको सिरियाली मानव अधिकारवादी संस्थाले मङ्गलबार बताएको छ ।
विस्तापित सिरियालीहरू रहेको यूफारेट्स नदी र नदीको पूर्वी किनारामा जाँदै गरेका डुङ्गामाथि हवाइ आक्रमण भएको लण्डनस्थित सिरियन अव्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
सिरियाली सेनाले देइर अलजोरको राजधानीलाई विद्रोहीको कब्जाबाट स्वतन्त्र गर्ने क्रममा घेरा तोड्न आक्रमण गरेको हो ।
सिरियाली सेनाले शनिबार सरकारप्रति वफादार स्थानीय रहेको भूभागसँग विद्रोहीको आश्रयस्थललाई जोडेको थियो ।