राजनीति

डिआइजी सिलवालबाट राजीनामा, एमालेबाट राजनीति गर्ने संकेत

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआइजी) नवराज सिलवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

प्रहरी महानिरीक्षकमा नियुक्तिमा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतले उनले दायर गरेको रिट निवेदन मंगलबार खारेज भएपछि प्रेस विज्ञप्ति जारी गरी सिलवालले आजैका मितिबाट प्रहरी संगठनबाट अलग हुने घोषणा गरेका हुन् ।

आफू कानूनको रक्षकका रुपमा प्रहरीमा कार्यरत रहेको तर कानूनी र राजनीतिक निर्णयबाट आफूलाई अन्याय परेको उल्लेख गर्दै उनले सरकारले विश्वास नगरे पनि जनता र जवानहरु माझ आफ्नो छबी कायम भएको दाबी पनि गरेका छन् । उनले भनेका छन्, ‘प्रहरीमाथि राजनीति गर्ने वा राजनीतिक आधारमा प्रहरी परिचालन गर्ने दृष्टिकोण रहेसम्म कानूनी राज्य स्थापित हुन सक्दैन ।’
उनले जनताले बिश्वास गरेको कुरा विज्ञप्तीम उल्लेख गर्नुले अबका दिनमा उनले राजनीति गर्ने छाँटकाट देखाएका छन् । एमाले निकट वकील शम्भू थापासंग निकट सम्बन्ध भएका सिलवालले एमालेबाट राजनीति गर्ने आँकलन गरिएको छ ।