आर्थिक

कोका–कोलाद्धारा दशैं र तिहारका लागि मेगा अफर घोषणा

कोका–कोला नेपालले मेगा दशैं तिहार उपभोक्ता प्रबद्र्धन अभियान ‘‘मन खोलौं कोकसंग ’’ सार्बजनिक गरेको छ । यो अभियान यहि भाद्र २०, २०७४ देखि शुरु भएर असोज ३० गतेसम्म वा स्टक उपलब्ध रहेसम्म (जुन पहिले सम्पन्न हुन्छ) नेपालभरी संचालन हुनेछ । कोका–कोलाले उपभोक्ताहरुलाई आकर्षित गर्न नियमित रुपमा नै विभिन्न किसिमका प्रबद्र्धनात्मक कार्यक्रमहरु तथा अभियानहरु संचालन गर्दै आएको छ ।

कोका–कोलाका साथमा यो उत्सवमय मौसम मनाउने कयौं अवसरहरु

१.    १.१ करोड भन्दा अधिक मूल्य बराबरको उपहारहरु चाडबाडको मौसममा
२.    भर्खरै सार्वजनिक भएको १२५ टिभीएस स्ट्राइकर बाइक दैनिक जित्ने अवसर
३.    प्रत्येक दिन ४ भाग्यशाली बिजेताहरुले एलजी एलईडी टिभी जित्न सक्ने
४.    प्रत्येक दिन ४०० भन्दा बढि उपहारहरुका साथमा कयौं आकर्षक उपहारहरु

उपभोक्ताको आवश्यकता र आकांक्षालाई ध्यानमा राखेर कोका–कोलाले यस अघि पनि विभिन्न उत्साहप्रद किसिमका उपहारहरु जित्ने अवसर प्रदान गरेको थियो । जसले उपभोक्ताहरुसंग कोका–कोलालाई सशक्त सम्बन्ध विकास गरिरहन सहयोग गरेको छ । यो वर्ष, कोका–कोलाले यसभन्दा अघि कहिले नभएको योजना सार्बजनिक गरेको छ ।
यो वर्षको अभियान मोटरबाईक जित्ने विशेष अवसरका साथ आएको छ । यसमा एउटा टिभीएस स्ट्राइकर १२५ सीसी प्रत्येक दिन जित्न सकिने छ । यो अभियान अन्तरगत अन्य आकर्षक पुरस्कारहरु, दैनिक ४ वटा एलजी एलईडी टिभीहरु र रु.१०० को मोबाइल रिचार्ज ईसेवाको माध्यमबाट दैनिक रुपमा ४०० जनाले जित्न सक्नेछन् ।
यो अभियानमा सहभागी हुनका लागि, लेबलको मुनि भएको १० अंकको यूनिक कोड हेरेर ३७७२२ मा बिहान ११ बजेदेखि बेलुकी ७ बजे भित्र एसएमएस गर्नुपर्नेछ र सो एसएमएसलाई त्यही दिनको लक्की ड्रमा समावेश गरिनेछ । पुरस्कार प्राप्त गर्नका लागि सक्कली लेबलका साथमा बिजेताभएको यूनिक कोड अनिवार्य राख्नुपर्नेछ । यो योजना बाहेक पनि स्टकहरु उपलब्ध रहेका छन् । अन्य बिस्तृत जानकारीहरु राष्ट्रिय दैनिकहरुबाट प्रदान गरिनेछ ।
कोका–कोला, फान्टा र स्प्राइटको ५०० मिली लिटर, १.५ लिटर र २.२५ लिटरको प्याकका साथमा अतिरिक्त रिफ्रेसमेन्टका साथै मेगा दशैं उपहारहरु जित्ने अवसर लिनुहोस् ।
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक, श्री पुनित भार्सनेले भने,‘‘यो वर्षको सबैभन्दा प्रतिक्षारत समयमा हामी आईपुगेका छौं, हाम्रा उपभोक्ताहरुले गत वर्ष निकै मनपराएको सम्बन्ध विषयको अभियान ‘मन खोलौं कोकसंग ’, यो वर्ष फेरी आएको छ, जसले तपाईलाई आफ्नो मनपर्ने मानिससंग उत्सवमय अवसर प्रदान गरेको छ । यो वर्षपनि हामी सोहि गतिलाई निरन्तर कायम गर्दै उपभोक्ताहरुलाई यसअघि कहिले नभएको उपभोक्ता योजनाका साथ आएका छौं । हाम्रो यो मेगा प्रोमो अफर हाम्रा आदरणिय उपभोक्ताहरुले स्विकार गर्ने आशा लिएका छौं ।

यो उत्सवमय अवसरमा, कोकाकोला तपाईहरु सबैलाई उत्सवको हार्दिक शुभकामना प्रदान गर्दछ र मनपर्ने आफन्तहरुलाई कोकको विशेष बोटल प्रदान गरेर टिभीएस स्ट्राइकर बाईक, एलजी एलईडी टिभी अवथा अन्य उत्साहप्रद उपहारहरु जित्ने अवसर लिन उपभोक्ताहरुलाई उत्साहित गर्दछ र ग्राहकहरुलाई हाम्रो तर्फबाट उत्सवमय बिदाको हार्दिक मंगलमय शुभकामना ।’’