अन्तर्राष्ट्रिय

गोर्खाल्याण्ड आन्दोलनबारे आज वार्ता हुँदै

काठमाण्डौ । गोर्खाल्यान्ड माग गर्दै आन्दोलनरत दल र पश्चिम बंगाल सरकारबीच मंगलबार (आज) वार्ता हुँदैछ । मुख्यमन्त्री ममता बेनर्जीको आह्वानमा सिलिगुडिको उत्तरकन्यामा वार्ता हुन लागेको हो । वार्तामा सहभागी हुन मुख्यमन्त्री बेनर्जी सोमबारै सिलिगुडि आइपुकेकी छन् ।

मंगलबारको कान्तिपुरमा लेखिएको छ, दुई साता अघि कोलकातामा भएको छलफलपछि आन्दोलनकारी दल गोर्खा जनमुक्ति मोर्चाबीच अन्तरकलह सुरु भएको थियो ।