राजनीति

यसरी हुँदैछ प्रधानमन्त्री देउवाको चौतर्फी आलोचना, जम्बो मन्त्रिमण्डलले भ्रष्टचार बढ्ने आरोप !!

धनुषा । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले ठूला दलले मधेशी जनतालाई सधैँ ठग्दै आएको आरोप लगाएका छन् ।

आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) लगायतका ठूला दलले सधैँ मधेशी जनताका हक अधिकारलालाई बेवास्ता गरी ठगेको आरोप लगाएका हुन् ।

तेस्रोचरणको २ नम्बर प्रदेशमा हुन लागेको स्थानीय तहको निर्वाचनका क्रममा जनकपुर आइपुगेका अध्यक्ष यादवले संविधानमा २५ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने उल्लेख भएपनि शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले ५४ जनाको मन्त्रिमण्डल विस्तार गरेकामा आपत्ति जनाउँदैँ उनले यस कार्यले भ्रष्टचारलाई बढवा दिने बताए । यसअघि ५० सदस्यीय मन्त्री हुँदा जम्बो नाम पाएको देउवा सरकार अब ४ मन्त्री सपथ खाएपछि ३ उपप्रधानमन्त्री, २४ राज्यमन्त्री र २६ मन्त्री गरेर जम्मा ५४ सदस्यीय जम्बो भएको छ । मन्त्रिमण्डल जम्बो भएको भन्दै यतिबेला प्रधानमन्त्री देउवाको चौतर्फी आलोचना भइरहेको छ।

उनले अहिलेको स्थानीय तहको संरचनाअनुसार गाउँपालिका र नगरपालिकाको क्षेत्रफल धेरै टाढासम्म रहेकोले यो खर्चिलो भएको स्पष्ट पारे ।