पु.समाचार

दूधकौसिका गाउँपालिकाको नाम परिवर्तन

सोलुखुम्बु । सोलुखुम्बुको दूधकौसिका गाउँपालिकाको नाम परिवर्तन गरिएको छ ।

गाउँपालिकाको आइतबार सम्पन्न पहिलो गाउँसभाले दूधकौसिका नाम परिवर्तन गरी थुलुङ दूधकोशी राखेको वडा नं ७ का अध्यक्ष रामसंघर्ष थुलुङले जानकारी दिए ।

सो गाउँपालिकाको नाम स्थानीय तह पुनःसंरचनाका बेला पनि थुलुङ दूधकोशी राख्नका लागि थुलुङले माग गरेका थिए । तर गैर थुलुङको विरोधका कारण त्यसबेला दूधकौसिका राखिएको थियो । नाम परिवर्तनलाई नै मुख्य नारा बनाएको माओवादी केन्द्रले अध्यक्ष पद जितेको थियो ।

गाउँसभाले नाम परिवर्तन गर्ने निर्णय गर्दै सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ । सो सिफारिसका आधारमा सरकारले नाम परिवर्तन गरी राजपत्रमा प्रकाशित गरेपछि मात्र नाम परिवर्तन हुने व्यवस्था रहेको छ ।