अन्तर्राष्ट्रिय

अमेरिकामा फेरि आयो यति ठूलो भीषण आँधी ! सतर्क रहन आग्रह

एजेन्सी ।  संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा प्रवेश गरेको समुद्री आँधी एर्मा उत्तरतर्फ बढ्दै गर्दा त्यसले तटीय क्षेत्रमा व्यापक बाढी तथा हावाहुरी निम्त्याएको छ।

शक्तिशाली आँधीका कारण २० लाखभन्दा बढी घर तथा कलकारखानामा बिजुली आपूर्ति बन्द भएको छ। आँधीको गति कमजोर भएपनि अधिकारीहरुले हावाहुरी घातक हुनसक्ने चेतावनी दिएका छन्।

आँधीका कारण अहिलेसम्म फ्लोरिडामा कम्तीमा तीनजनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। लुटपाट हुनसक्ने भन्दै थुप्रै शहरहरुमा रातभर निषेधाज्ञा जारी गरिएको छ। राष्ट्रपति डोनल्ड ट्रम्पले फ्लोरिडामा ठूलो संकट आइपरेको घोषणालाई अनुमोदन गर्दै संघ सरकारबाट थप आपतकालीन सहायता निकासा गरेका छन्।

एर्मा आँधीलाई ठूलो राक्षसको संज्ञा दिंदै ट्रम्पले आँधीका बेला सहयोगमा जुटिरहेका संघीय निकायहरुको प्रशंसा गरेका छन् र आफू छिट्टै प्रभावित राज्य जाने बताएका छन्।