राजनीति

काँग्रेसले सुरु गर्यो चुनावी अभियान

काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ मा चुनावी अभियान शुरु गरेको छ । चुनावी अभियानका क्रममा काँग्रेसले प्रदेश नं २ का आठवटै जिल्लामा आफ्ना उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न कार्यक्रम आयोजना गर्दैछ ।

ती चुनावी सभालाई काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

काँग्रेसले भदौ २७ गते सप्तरीको राजविराज र सिरहाको जिरो माइलमा, भदौ २८ गते धनुषाको जनकपुरधाम र महोत्तरीको बर्दिवास, भदौ २९ गते सर्लाहीको मलंगवा र रौतहटको गौरमा तथा भदौ ३० गते बाराको कलैया र पर्साको वीरगन्जमा आमसभा गर्ने विज्ञप्तिमा उल्लेख छ ।