पु.समाचार

नेपाली सेनाद्वारा यसरी गर्यो तराईका सडक मर्मतको निरीक्षण 

काठमाण्डौ । नेपाली सेनाले आईतबार सडक मर्मत निरीक्षण गरेको छ । रक्षा सचिव श्रीधर सापकोटा र का.मु.प्रधान सेनापति बलाधिकृत रथी श्री बलदेव राज महतद्वारा गत श्रावण महिनामा परेको अविरल वर्षाको कारण आएको बाढीले क्षतिग्रस्त सडक, कलभर्ट तथा बाटोहरु मरामत गरी आगामी असोज २ गते प्रदेश नं.२ मा हुन गईरहेको तेस्रो चरणको निर्वाचनको क्रममा सर्वसाधारण जनताहरुलाई मतदान केन्द्रहरुसम्म पूग्ने पहुँच मार्ग तथा सडकहरु सुचारु गर्न स्थानीय निकायहरुसँगको सहकार्यमा नेपाली सेनाले धनुषा, सप्तरी र रौतहट जिल्लाहरुमा गरिरहेको मरामत कार्यप्रगतिको निरीक्षण गरेका छन्।
सोही क्रममा उक्त सचिब समेतको टोेलीले मध्य पूर्वी पृतना मुख्यालय, धनुषा र मध्य पृतना हे.क्वा., मकवानपुरको समेत निरीक्षण भ्रमण गरेकाछन् ।
निरीक्षण भ्रमण समाप्त गरी रक्षा सचिव  सापकोटा तथा का.मु.प्रधान सेनापति  महत आईतबार नै  काठमाडौं फकिएएका छन् । उल्लेखित जिल्लाहरुको भ्रमणको दौरान पूर्वी पृतनापति उपरथी  गौरव तण्डुल, मध्य पृतनापति उपरथी  प्रभुराम शर्मा र मध्य पूर्वी पृतनापति उपरथी  ईश्वर हमाल समेत साथमा रहेको शैनिक जनसम्पर्क कार्यालय जंगीअड्डाले जनाएको छ ।