शिक्षा

पढ्न बिदेश जानुहुँदैछ ? अब नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा छात्रवृत्ति

काठमाडौँ । अस्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयले जेहेन्दार नेपाली विद्यार्थीलाई स्नातक र स्नातकोत्तर तहमा छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।

उक्त विश्वविद्यालयले आज यहाँ पत्रकार सम्मेलन गरी १५ देखि २५ प्रतिशतसम्म शैक्षिक शुल्कमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिइने जनाएको छ । विश्वविद्यालयका प्रा पल माथरले अन्तर्राष्ट्रियस्तरको शिक्षाका लागि नेपाली विद्यार्थी विश्वका विभिन्न मुलुकमा जाने गरेकाले केही हदसम्म भए पनि उनीहरुको आवश्यकता पूरा गर्न विश्वविद्यालयले छात्रवृत्तिको योजना लागू गरेको बताए । हाल विश्वविद्यालयमा १५० नेपाली विद्यार्थी अध्ययनरत छन् ।