राजनीति

बिपीलाई सबै नेपाली जनताले हृदयमा राख्नेछन् -नेता पौडेल

तनुहँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपी नेपालमै पहिलो राष्ट्रियताको व्याख्याता रहेको बताएका छन् ।

नेपाली काँग्रेस व्यास नगरपालिका–१ को आयोजनामा १०४ औँ बिपी जयन्तीका अवसरमा आज आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले लोकतन्त्र, राष्ट्रियता र समाजवाद नेपाली काँग्रेसको मूल विचार रहेको चर्चा गर्दै बिपीलाई देश र जनताले सदैव हृदयमा राख्ने बताए ।

सो अवसरमा काँग्रेसका पूर्वकेन्द्रीय सदस्य अमरराज कैनीले ‘निर्वाचन र संगठन’, काँग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले ‘आगामी प्रादेशिक र संघीय चुनाव’, जिल्ला सचिव विश्व बाँस्तोलाले ‘कार्यकर्ताको जिम्मेवारी’, जिल्ला सहसचिव केशबहादुर सुनारले ‘नेकाँ र दलित संघको भूमिका’, प्रशिक्षण विभागका प्रमुख समुन्द्र गोदारले ‘बिपीको व्यक्तित्व’ तथा महाधिवेशन प्रतिनिधि डोवाटे विकले ‘दलित जागरण’का बारेमा प्रशिक्षण दिएको छ ।