काठमाण्डौ । नयाँ शैक्षिक सत्रका लागि एमबिबिएस तहको भर्ना नजिकिएसंगै शुल्क र सिट संख्या बढाउन चलखेल सुरु भएको छ ।
दुई बर्षअघि निर्धारण गरिएको एमबिबिएस अध्ययन शुल्क र सिट संख्या दुवै बढाउन कलेज सञ्चालकहरुको दबाब परेको छ ।
उनीहरुकै हितमा शुल्क र सिट संख्या बढाउन चलखेल सुरु भएको हो ।
शुक्रबारको नागरिकमा लेखिएको छ, काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय अन्र्तगत प्रवेश परीक्षा नहुँदै कलेजहरुले धमाधम सिट बुकिङ गर्न थालेका छन् ।