पु.समाचार

सामाजिक गतिबिधि बिरुद्धमा कुनै शंका लागेमा १०० मा फोन गर्न एआईजीपी चन्दको आग्रह

काठमाण्डौ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र ईचंगुनाराणको आयोजनामा सेवा केन्द्रको दशौं वार्षिक साधारण सभा, शुभकामना तथा अन्तरक्रिया कार्यक्रम महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी आयुक्त जय बहादुर चन्दको प्रमुख आतिथ्यतामा रेड ईन्टरनेशनल स्कुल ईचंगुनारायणले सम्पन्न गरेको छ ।

विकृति विसंगति विरूद्धको हाम्रो छ नारा हातेमालो गर्दै लाग्नु छ सारा भन्ने स्लोगन उच्चारणका साथ उद्घाटन भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रहरी आयुक्त चन्दले सामाजमा शान्ति सुरक्षा कायम गर्न कुनै एक व्यक्ति वा संस्थाले मात्र नसक्ने हुनाले समाजका सवै व्यक्तिको सहयोग आवश्यक पर्ने बताए । टोलमा हुने अराजक गितिविधि गर्ने ‍व्यक्ति वा समुह समाजमानै रहने र प्रहरीलाई भन्दा पहिले समाजलाईनै थाहा हुने हुनाले समयमै प्रहरीलाई खबर गरेमा ठुलो दुर्घटना हुनबाट बचाउन सकिने बताए ।

शंकालागे बोल्नुस, देखे बोल्नुस, सुने बोल्नुस भन्दै आयुक्त चन्दले सामाजिक विकृति विसंगती विरूद्ध शंका लागेमा वा देखेमा नेपाल प्रहरीको हटलाईन १०० वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न पनि सवैमा अनुरोध गरे । चाड पर्वलाई लक्षित गरी महानगरीय प्रहरीले छिटै सुरक्षा योजना सार्वजनिक गर्ने र सुरक्षित कार्यक्रमहरू लगायत सुरक्षाको लागि अपनाउनु पर्ने सावधानी नागरीकको घर घरमा पुर्यािउन सामाजिक संघ संस्थाले अन्तरक्रिया तथा जनचेतनामुलक कार्यक्रम गर्नु पर्ने , संचारकर्मिहरूले मिडियाद्धारा जनता समक्ष पुर्याउन ठुलो भुमिका खेल्ने हुनाले सवैले सहयोग गर्न पनि आग्रह गरे ।

सामुदायिक सेवा केन्द्रका सचिव सरस्वती भट्टले स्वागत मन्तव्य दिएको कार्यक्रमा कोषाध्यक्ष अच्युत राज नेपालले वार्षिक आर्थिक गितिविधि प्रस्तुत गर्दै सेवा केन्द्रले गर्दै आएका कार्यहरूको बारेमा जानकारी दिएका थिए भने सेवा केन्द्रका अध्यक्ष प्रताव दानी को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसै गरी आजै सुरक्षित समाज नेपाल र महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरको आयोजनामा बानेश्वर स्थित बुद्दनगरमा सुरक्षा सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।