प्रवास

एनआरएनको निर्बाचनमा हारेका उमेर्द्वार भन्छन्, ‘म थाकेको छैन’

न्यूयोर्क । निर्वाचन हुनु नै सबैको जीत१ भर्खरै सम्पन्न एन.आर.एन अमेरिकाको निर्वाचनमा सर्वप्रथम मलाई आशा, माया, तथा विश्वास गरेर मत दिनुहुने करिब ३,००० एन.आर.एन सदस्यहरुलाई म भित्र हृदयदेखिनै धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्न चाहन्छु। निर्वाचन जित्नुभएका मेरा प्रतिपक्षी पवन योञ्जनजीलाई बधाई दिन चाहन्छु। जित्नुहुने पूनस्निर्वाचित अध्यक्ष डा. केशव पौडेल लगायत ३१ जनै नव–निर्वाचित एन।सी।सी। र आई.सी.सी.का पदाधिकारी तथा सदस्यहरु तथा २० वटा च्याप्टरका अध्यक्ष तथा पदाधिकारीहरुलाई बधाई दिन चाहन्छु। साथै, विभिन्न बाधा–अड्चन पार गरेर अन्ततस् सफलतापूर्वक निर्वाचन गराउन सफल हुनु भएकोमा प्रमुख निर्वाचन आयुक्त बंदिता शर्मा दाहाल तथा निर्वाचन आयोगलाई धन्यवाद तथा बधाई दिन चाहन्छु।अनि आफ्नो अमूल्य मत खसाली यो लोकतान्त्रिक अभ्यासबाट संस्थालाई अगाडी बधाउन सहयोग गर्नुहुने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद तथा बधाई दिन चाहन्छु ।

लामो समयदेखि अवरुद्ध यो निर्वाचन हुनु नै हामी सबैको जीत हो क्ष् व्यक्तिले हारेपनि संस्थाले हार्नु हुदैन । संस्थालाई संस्थागत गर्दै प्रणालीमा लाने र दीगो बनाउन आवधिक निर्वाचनको अत्यन्त जरूरी छ । व्यक्ति भन्दा संस्था र संस्था भन्दा नेपाली समुदाय ठूलो हो । निर्वाचित सदस्यहरुले एन.आर.एन अमेरिका एक संस्थाको दीगो हीतको लागिकाम गर्नुपर्छ भने एन.आर.एन अमेरिका एक संस्थाले सम्पूर्ण नेपाली समुदायको दीगोहीतकोलागि काम गर्नुपर्छ ।

लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न यो निर्वाचनको नतिजालाई आफू अनुकुल व्याख्या नगरी आत्मसात गर्न तथा कुनै पूर्वाग्रह नराखी अब बन्ने नयाँ बोर्डलाई सहयोग गर्न म मजस्तै निर्वाचित हुन नसकेका सबै उम्मेदवार साथीहरुलाई आव्हान तथा आग्रह गर्दछुक्ष् हार(जीत बिनाको निर्वाचन नै हुँदैन । १००५ लाई स्वीकार्य निर्वाचन कहीं पनि हुँदैनक्ष् हामी सबैका थोर–बहुत कमि–कमजोरी छन् । एकै चोटी सबै सुधारको अपेक्षा गर्न सकिन्न क्ष् क्रमिक रूपमा सुधार हुदै जानेछा तपाई–हामी आफू नसुध्रे सुधार न आकाश बाट न धरती बाट आउने छ । हामी प्रत्येकोको सोच–विचार र आचरणमा सुधार आउनु पर्नेछ । भित्रबाट सुधार नआए बाहिरबाट केहि हुनेवाला छैन। पहिलेको भन्दा अहिलेको निर्वाचनमा बढी सुधार भयो । अर्को निर्वाचनमा अझ बढी सुधार गर्नुपर्नेछ, तपाई(हामी मिलेर नै । निर्वाचनको हार–जीतको खेलले व्यक्तिगत सम्बन्ध नबिगारौं अनि ब्यकिगत पूर्वाग्रहले संस्थालाई नै हानी हुने काम नगरौं–संस्था रहे पो निर्वाचन अनि हामी संस्था नै नरहे के को निर्वाचन अनि के को हामीरु निर्वाचनको नतिजालाई शीरोधार्यगरी संस्थालाई अगाडी बढाउन सबैले सहयोगी भूमिका खेलौं।

म एन.आर.एन.मा निर्वाचनको लागि आएको मान्छे हैन ।निर्वाचन अघिपनि म सक्रिय थिएँ र निर्वाचनपछि हारेपनि म सक्रिय रहनेछु । काम गर्नेलाई पद भए अवश्य सजिलो हुन्छतर काम गर्नलाई पद नै चाहिन्छ भन्ने छैन तर, यो निर्वाचन लगायत अन्य क्षेत्रीय संगठनको निर्वाचनले के बार–बार पुष्टि गरेको छ भन्दा, काम गरेर मात्र हुँदैन रहेछ संस्थामा, संगठन विशेषगरी सदस्यतामा पकड हुनुपर्दो रहेछ नत्र, जति नै कम गर्ने मान्छे पनि हार्ने पक्का रहेछ । अनि पद ओगटेर काम नगर्ने, यहाँ सम्मकि मिटिंग पनि उपस्थित नहुनेहरु निर्वाचित हुँदा रहेछन् । अनि, संस्था जहींको त्यहीं हुँदो रहेछ ।

म एन।आर।एन अमेरिका यसरि चल्नुपर्छ भन्ने द्रिस्तिकोन, मार्गचित्र, र सिद्दान्त बोकेर आएको मान्छे हुँ । एउटा नयाँ अभियान बोकेर आएको मान्छे हुँ, कुनै रहरले हैन तसर्थ म मलाई विश्वास गर्नुहुने ३,००० मतदाताहरुलाई के भन्न चाहन्छु भने, तपाइको विश्वासलाई मैले तोड्ने छैन । यो निर्वाचन हारे पनि मैले हरेश खाएको छैन । मैले मैदान छाडेको छैन क्ष्यो निर्वाचनमा विविध कारणले हारेसंगै यो निर्वाचनबाट पाठ सिक्दै अत्यन्त विश्वासिला, नैतिक विचार बोकेका, मूल्य–मान्यतामा चल्ने, अनि उस्तै सोचाई राख्ने साथिहरुसंग मिलेर अहिले देखिने २०१९ को निर्वाचनको लागी सोच बनाइ अगाडी बढ्नेसोच बनाएको छु । म लडेको हुँला तर मेरा दृष्टि गन्तव्यमै छन् । उठेर मेरा कदम अगाडी नै बढ्ने छन् । युद्दको मैदानबाटविचमै भाग्ने म योद्दा हैन । यो अभियानलाई गन्तव्यमा नपुर्याई म थकाइ मार्ने छैन ।यो मेरोअभियान जारी छ । म फेरी फर्कने छु २०१९ मा!