पु.समाचार

स्वर्गीय नेता लोहारप्रति काँग्रेसको समाबेदना

काठमाडौँ। नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिका पूर्व आमन्त्रित सदस्य प्रतापराम लोहारको शुक्रबार ७४ वर्षको उमेरमा निधन भएको छ ।

विगत केही समयदेखि मधुमेह, मिर्गौला र उच्च रक्तचापबाट पीडित कञ्चनपुर निवासी उनको ललितपुरको सुमेरु अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । स्व. लोहारले काँग्रेसको संगठनमा निर्वाह गर्नुभएको भूमिकाको स्मरण गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको सो पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
छ ।
काँग्रेसले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उनका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । उनका श्रीमती, एक छोरा र चार छोरी छन् ।