आर्थिक

एभरेष्ट बैंकको ट्रावल तथा टुर कार्यक्रम सम्पन्न

एभरेष्ट बैंकले नेपाल ट्रावल तथा टुर एजेन्ट संघका अध्यक्ष श्री मधु सुदन आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सोमेश्वर सेठको उपस्थितिमा भारत बाट सहज ढङ्गले नेपाल रकम पठाउने सुबिधा बारेमा ट्रावल तथा टुर एजेन्ट संग अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । आफ्नो पन्जाब नेसनल बैंक (Joint Venture Partner) बाट Indo Nepal Remittance मार्फत बाट पनि रेमिट्यान्स रकमान्तर गर्दै आएको छ । यस सुबिधामा ग्राहकहरुले पन्जाब नेसनल बैंकका शाखाहरु, पन्जाब नेसनल बैंकको मोबाइल वा इन्टरनेट बेंकिंग सुबिधा तथा ब्वासायिक प्रतिनिधिहरु मार्फत एभरेष्ट बैंकमा सिधै रकम पठाउन सक्नेछन् ।
उक्त अन्तरक्रिया कार्यक्रमको मुख्य उदेश्य भारत बाट नेपाल सजिलो तथा भरपर्दो माध्यम बाट रकम पठाउन सकिने सुबिधा बारे जानकारी गराउनु थियो । उक्त कार्यक्रममा Indo Nepal Remittance को थप जानकारी बैंकका नायब महाप्रबधंक श्री राजीव जेनले दिनुभयो ।
बैंकले हाल आफ्ना ६४ वटा शाखाहरु, २ एक्सटेन्सन काउन्टर, २८ राजश्व संकलन काउन्टर र ९१ एटिएम तथा बृहत संजाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै एभरेष्ट बैंक भारतमा आफ्नै प्रतिनिधि कार्यलय भएको पहिलो बैंक हो ।