पु.समाचार

लागुऔषध सहित २ जना पक्राउ !

काठमाण्डौ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरी नगरपालिका -२, नागढुंगा चेक प्वाईन्टमा चेकजाँच गर्ने क्रममा लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

रुपन्देहीबाट काठमाण्डौ आउँदै गरेको लु. १७ प. २३५२ नं. को मोटरसाईकलमा सवार काठमाण्डौ महानगरपालिका, धुम्बाराही घर भएको वर्ष २९ को राजेश थापा र काठमाण्डौ महानगरपालिका- ७, चावहिल बस्ने वर्ष २८ को विजय खड्काले झोलामा लुकाईछिपाई राखेको अवस्थामा लागु औषध नुर्फिन -४४ एम्पल, फेरागन- ४६ एम्पल, डाईजिनेफ- ४६ एम्पल गरि जम्मा- १३६ एम्पल लागु औषध, ३ थान ईन्जेक्सन र निजहरुलाई सवार मोटरसाईकल सहित नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त थानकोटमा राखिएको छ ।

घटना सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।