प्रवास

अमेरिकी एनआरएनका अध्यक्षमा डा. पौडेल पुनः निर्बाचित, यस्तो छ आगामी दुई बर्षका लागी उनको टिम

वासिंटन डिसी (अमेरिका)– निर्बाचन सम्बन्धी लामो समयसम्म बिबादमा रहेको एनआरएन अमेरिकाको अध्यक्षका लागी डा. केशब पौडेल पुनः निर्बाचित भएका छन् ।

२०१५/२०१७ का लागी भारी मतले बिजयी भएका पौडेल सन् २०१७/२०१९ कार्यकालका लागि ४२२९ मतसहित पुनः डा. केशव पौडेल निर्वाचित भएका छन् । उनको निकटतम प्रतिद्वन्दी रविना थापाले ३०८५ मत ल्याएकी छन् । अध्यक्षमा पतिष्पर्धा गरेका अर्का उम्मेदवार राम सी पोखरेलले ९६४ मत, कृष्ण पोखरेलले ७८३ मत पाएका छन् ।

निर्बाचनको मतपरिणाम अनुसार, वरिष्ठ उपाध्यक्षमा टेक्सासका सुनिल साह निर्वाचित भएका छन् । त्यस्तै चार उपाध्यक्षहरुमा रामकुमार सुवेदी, राधा पौडेल, जेदु पोखरेल र उमा थापा कार्की, महासचिवमा बाबुराम लामा, सचिवमा होमनाथ गौतम, कोषाध्यक्षमा डा प्रकाश अर्याल र सहकोषाध्यक्षमा पवन योन्जन, महिला संयोजकमा इन्दिरा त्रिपाठी, युवा संयोजकमा स्वराज खाती निर्बाचित भएको समाचार छ ।

यस्तै कार्य समिति सदस्यहरूमा डा.अर्जुन बन्जाडे, कृष्ण लामिछाने, तृष्णा शर्मा, सञ्जय थापा, दिव्या केसी ओली, गोपेन्द्रराज भट्टराई, बिन्दु सापकोटा निरौला, अमृत कट्टेल, प्रीति सगर खत्री, आङ शेर्पा र विष्णु बहादुर शाहले विजय प्राप्त गरेका छन्।

अन्तर्राष्ट्रिय समन्वय समितिका लागि आवश्यक ८ सदस्यका लागि भएको मतदानमा गोमा सेन, धर्म भट्टराई, बिष्णुमान प्रधान, प्रकाश सापकोटा, बन्दना कोइराला, बेदराज बस्नेत, डिल्लीराम भट्टराई र बलराम थापाले विजयी भएका छन् ।

यसअघि नै हुनुपर्ने निर्बाचन अध्यक्षका प्रत्यासी गौरीराज जोशीले अदालतमा मुद्धा दायर गरेका कारण रोकिएको थियो । जोशीले चौतर्फी दबाबपछि मुद्धा फिर्ता लिएका थिए । पछिल्लो मतपरिणामलाई प्रमुख प्रतिद्वन्दी रबिना थापाले अस्विकार गर्दै पुनः पनिर्बाचनको माग गरेकी छन् ।