पु.समाचार

कञ्चनपुरमा नेपाली पक्षले भारतीय नागरिकमाथि गोली चलाएपछि….!

कञ्चनपुर । जिल्लाको भुजेलामा बिहीबार राती गोली चल्दा दुई भारतीय नागरिक घाइते भएका छन् । गोली चल्दा भारतको बनबासास्थित शारदा ब्यारेज अन्तर्गतको पुलमा कार्यरत कर्मचारी ५० वर्षीया जगतसिंह चौहान र ५२ वर्षीया चन्द्रकिशोरसिंह घाइते भएका हुन् ।

बिहीबार राती करिब १० बजे गोली चलेको प्रहरीले बताएको छ । घटना हुनुअघि चौहान र सिंह क्यासिनो खेलेर घरतर्फ जाँदै थिए । उनीहरुलाई नेपाली पक्षबाट गोली प्रहार भएको अनुमान गरिएको छ ।

मोटरसाईकलमा हिडिरहेका चौहान र सिंहलाई अर्को मोटरसाइकलमा सवार व्यक्तिहरुले पिछा गरेर गोली प्रहार गरेको बताइएको छ ।

सो घटनामा संलग्न भएको आरोपमा कञ्चनपुर भुजेलाका २१ वर्षीय विक्रमनाथ र १८ वर्षीय करण भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई बन्दुकसहित पक्राउ गरिएको हो ।

सिंह र चौहानमाथि गोली प्रहार गर्नुको कारण उनीहरुको साथमा रहेको पैसा लुट्ने नियत भएको अनुमान प्रहरीले गरेको छ ।