राजनीति

चुनाव जितेको यत्तिका दिन भैसक्दा पनि सिन्को भाँचेनन् जनप्रतिनिधिले

मोरङ । स्थानीय चुनावमा एमाले उम्मेदवार ध्रुवकुमार शिवाकोटी नगरका जुनसुकै ठाउँमा भाषण गर्नुपरे पनि एउटा वाक्य दोहोर्याईहाले, विर्तामोडको कुषिबजारलाई पोखिएको खाना टिपेर खान सक्ने गरी सफा बनाउँछु । विर्तामोडबासीले उनैलाई नगरको मेयर बनाए । उनले नगरको नेतृत्व सम्हालेको दुई महिना वित्यो ।

तर उनी र उनका सहकर्मी जनप्रतिनिधि कसैले पनि कृषि बजारमा पाईलासमेत हालेका छैनन् । शुक्रबारको नागरिकमा लेखिएको छ, पुर्वकै ठुलोमध्येमा गणना हुने विर्तामोड कृषि बजार अब्यवस्था र फोहोरको केन्द्र बनिरहेको छ ।