स्वास्थ्य

अझै बनेनन् स्वास्थ्यका १ सय ३३ भवन

काठमाण्डौ । प्रधानमन्त्री चन्द्रशमशेर राणाले १९६० सालमा १७ सय कोठाको सिंहदरबार एक बर्षमा निर्माण सम्पन्न गराएका थिए ।

तर, अहिले दुईतलाको एउटा भवन ९ बर्षमा पनि निर्माण हुँदैन ।  यसको ज्वलन्त उदाहरण भएका छन्, सहरी विकास तथा भवन निर्माण विभागले जिम्मा लिएका स्वास्थ्यका ३१ जिल्लाका १ सय ३३ वटा सार्वजनिक भवन ।

शुक्रबारको नागरिकमा लेखिएको छ, सहरी विकास मन्त्रालयले ती भवनलाई रुण अयोजनाका रुपमा राखेर छानविन सुरु गरेको छ ।