आर्थिक

मन्त्रीप्रति दरबारमार्गका व्यावसायीको कडा आक्रोस !

काठमाण्डौ । राजधानीको दरबारमार्ग क्षेत्रका व्यवसायीले नेपाल आयल निगमका प्रमुख गोपाल खड्काले करोडौ भ्रष्टाचार गर्दा मौन बस्ने आपूर्तिमन्त्री शिवकुमार मण्डलले खुला व्यवसायमा ताला लगाउनु गलत नियत भएको दाबी गरेका छन् ।

उनीहरुले आपूर्ति मन्त्रालयमातहतकै आयल निगमका कार्यकारी निर्देशक खड्कालाई कारबाही गर्न नसक्ने मन्त्रीले दरबारमार्गको निजी व्यवसायलाई दुख दिने नियतका साथ नौवटा ठूला पसलमा सिलबन्दी गरेको बताए ।

खड्कालाई कारबाही गर्न नसक्ने आपूर्ति मन्त्री र मन्त्रालय दुइ चार हजारको व्यपार गर्ने व्यवसायीको पछाडि हात धोएर लागेको व्यवसायीले गुनासो गरेका छन् ।

शुक्रबारको नागरिकमा लेखिएको छ, दरबारमार्गका व्यवसायीहरुको संस्था दरबारमार्ग बिकास समिति बिकास बार्डले बिहीबार पत्रकार सम्मेलन गरी सरकारले गलत नियतका साथ पसलमा ताल्चा लगाएको दाबी गरे ।