पु.समाचार

एमालेभित्र ओली र नेपालबीचको विवाद यसरी भयो छताछुल्ल !

काठमाण्डौ । एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपालको विादास्पद उत्तर कोरिया भ्रमणबारे तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।  पार्टीको औपचारिक जानकारीविना व्यक्तिगत हैसियतमा नेता नेपालले उत्तर कोरियाको भ्रमण गरेको बताउँदै ओलीले असन्तुष्टि व्यक्त गरेका हुन् ।

पार्टीको संस्थागत निर्णयबाटै माधवकुमार नेपाललाई पठाउनुभएको हो भन्ने प्रश्नमा ओलीले भने, माधव नेपालजी उत्तर कोरिया जानु भो । त्यो उहाँको व्यक्तिगत भ्रमण हो । त्यसमा पार्टी जवाफदेही हुँदैन । शुक्रबारको अन्नपूर्ण पोस्टमा एमाले अध्यक्ष केपी ओलीको अन्तर्वाता छापिएको छ ।