पु.समाचार

तेस्रो चरणको निर्वाचनमा ३६ हजार ७३ को उम्मेदवारी दर्ता

काठमाडौँ । तेस्रो चरणअन्तर्गत आगामी असोज २ गते प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि ३६ हजार ७३ जनाले मनोयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र ९जेइओसी० बाट प्राप्त पछिल्लो जानकारी अनुसार निर्वाचन हुने स्थानीय तहका विभिन्न पदमध्ये प्रमुख÷अध्यक्ष पदमा एक हजार ७८३, उपप्रमुख÷उपाध्यक्ष पदमा एक हजार १३० र वडाध्यक्ष पदमा आठ हजार १८ जनाको मनोनयन दर्ता भएको छ ।

यसैगरी, खुल्ला सदस्य २ पदमा १३ हजार ७७, महिला सदस्यमा छ हजार ३६० र महिला दलित सदस्यमा पाँच हजार ७०५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । उम्मेदवारी दर्तासम्बन्धी विवरणलाई प्रशोधन गरी एकीन गर्ने कार्य जारी रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

स्थानीय तहकोे निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता कार्य बुधबार उत्साहजनक एवं शान्तिपूर्णरुपमा व्यापक सहभागितामा सम्पन्न भएको थियो ।

तेस्रो चरणअन्तर्गत स्थानीय तहको यस निर्वाचनबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका गरी कूल छ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुनेछन् ।