पु.समाचार

यसरी परे प्रहरीको फन्दामा पूर्वमन्त्री, घरमा लुकाएर राखेको दुई अर्ब रकम सहित

काठमाण्डौं। ब्राजिलको इतिहासमा पहिलो पटक प्रहरीले छापा मार्दा लगभग २०० करोड रकम फेला परेको छ । ब्राजिलको प्रहरीले साल्भाडोरमा रहेको एक अपार्टमन्टमा छापा मार्दा लगभग २०० करोड रुपैयाँ फेला पारेको हो ।

मिडिया रिपोर्टका अनुसार यो धनराशि ब्राजिलका पुर्व मुख्यमन्त्री गेड्डाल वियेरा लिमालको हो । उक्त रकम गणणा गर्न सातवटा मेशिनको प्रयोग गरिएको थियो । सिन्हाको रिपोर्ट अनुसार संघीय प्रहरीले पहिलो पटक यति ठुलो रकम जफत गरेको हो । नोटहरुको संख्या यति धेरै थियो कि कैयौ सुटकेश र बक्स भरिएको थियो ।

यो रकम भ्रष्टचारको मामिला अन्तर्गत जम्मा गरिएको छ । उक्त घर सात महिनादेखि नजरबन्दमा रहेका लिमासँग जोडिएको बताइएको छ ।

सन २०१६ मा उनलाई भ्रष्टचारको मुद्धा लागेपनि उनले आफ्नो पदबाट राजिनामा दिएका थिए । उनले राष्ट्रपति माइकल टिमरको कार्यकालमा ६ महिनासम्म सचिव पद सम्हालेका थिए । रिपोर्टका अनुसार लिमाले पुर्व संस्कृति मन्त्री मारसेलो कालेरो र उनको परिवारको एक रियल स्टेट प्रोजेक्टलाई मान्यता दिने दबाब दिएका थिए ।

एजेन्सी