सूचना प्रविधि

फेस अफ सामसङका रुपमा ज्योत्स्ना योगी

काठमाडौं । आइएमबिज, सामसङ इलेक्ट्रोनिक्स नेपाल अफिस प्रमुख समेत रहेका श्री प्रणय रत्न स्थापितले पत्रकार सम्मेलन आयोजना गरी सुश्री ज्योत्स्ना योगीलाई न्यू फेस अफ सामसङको कदर प्रदान गरेका छन् ।
सुश्री योगी नेपालकी स्थापित मोडल हुन्, उनले विभिन्न विज्ञापन, म्युजिक भिडियोहरु, पत्रपत्रिकाहरुका कभर पेज तथा नेपाली चलचित्रहरुमा आफूलाई प्रस्तुतगर्दै आएकी छिन् । उनकाविभिन्न सोसल मिडियाहरुमा लाखौं फलोअर पनिरहेका छन् ।

श्री स्थापित भन्छन् “सुश्री योगी गतिशील एवम् बहुमुखी प्रतिभाशाली महिला हुन् र उनमा ऊर्जा र उत्साहउत्तिकै रुपमा विद्यमान रहेको छ । आशा छ उनका यस्ता विशेषताहरु सामसङ ग्यालेक्सीको लागि पनि अवश्य प्रस्तुत हुनेछन् । वहाँसँगको सहकार्यमा हामी खुसी छौं”