राजनीति

आपूर्ति मन्त्री मण्डलको यस्तो अगुवाइ ! दरवारमार्गका पसलहरुमा पालैपिलो सिलबन्दी !!

काठमाडौं । गत सोमबार आपूर्ति मन्त्री शिवकुमार मण्डलको अगुवाइमा अनुगमन गरी दरवारमार्गका चार पसलमा सिलबन्दी गरिएको थियो भने सरकारले बजार अनुगमन गरेको विरोधमा दरवारमार्गका व्यवसायी पसल बन्द गरेर प्रदर्शनमा उत्रिएका छन् । बुधबार पनि अनुगमन टोलीले केही पसलहरुमा सिलबन्दी गरेपछि व्यवसायी विरोधमा उत्रिएका हुन् ।

व्यवसायीको विरोधका कारण केही समय दरवारमार्ग क्षेत्रको स्थिति असहज बनेको थियो ।

बुधबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सम्बन्ध समितिले उक्त क्षेत्रमा अनुगमन गर्न थालेपछि व्यवसायी एक भएर सटर बन्द गरेका हुन् । बुधबार सरकारी टोलीले अनुगमन गर्दैै दरवारमार्गका घडी पसल वाच एण्ड सी र सुलक्स तथा कपडा पसल लेभिज र बोसेनीमा सिल गरेको छ ।

अनुगमनका क्रममा १ हजार ५ सय रुपैयाँ मूल्यको घडीलाई ११ हजार र १ लाख २० हजार रुपैयाँ मूल्यको घडीलाई २ लाख ५० हजार रुपैयाँसम्म बेचेको भेटिएको विभागका अधिकृत श्री अधिकारीले बताए ।