प्रवास

एनआरएन बेलायतको अध्यक्षमा विजयी हुने हिराधन राईले यसरी गरे दाबी

लण्डन । नेपालीहरुको संगठीत छाता संगठन एनआरएन बेलायतले ९ सेप्टेम्बर २०१७ मा निर्बाचन पनि तातेको छ । निर्बाचन तातेकोबेला एनआरएन बेलायतको अध्यक्षको लागी हिराधन राईले उमेर्द्वारी घाोषणा गरेका छन् । साथै र्दुपटक सम्म उपाध्यक्ष बनिसकेकोले आफूले जित्ने बिश्वास समेत ब्यक्त गरेका छन् । उनले बजारमा आएका नकारात्मक हल्लाहरुका पछि नलाग्न समग्र बेलायतका एनआरएनहरुलाई आग्रह गर्दै यस्तो प्रेश विज्ञप्ती निकालेका छन् ।

“आदरणीय सम्पूर्ण बेलायतबासी आमा बुबा, दाजुभाई, दिदि बहिनीहरुमा
हार्दिक अनुरोध !
गैरआवाशीय नेपाली सँघ यूकेको सातौं अधिबेसन २०१७ को चुनावी अन्तिम समय सम्म आई पुग्दा यहाँहरु कै आशिर्बाद र बिश्वासले नै मैले विगतमा दुई दुई पटक उपाध्यक्ष जस्तो गरिमामय पदमा बसि सँस्थाको हितको लागि काम गर्ने सुअवसर पाएँ, यहाँहरु कै माया र बिश्वास जुन मलाई दिनु भयो मेरो व्यक्तिगत र परिवारको तर्फ देखि धन्यबाद आभार व्यक्त गर्न चाहान्छु,
यहाँहरु कै प्रेणा आशिर्बाद सहयोग र बिश्वासले नै फेरि मैले सँस्थाको हितको लागि अझै केहि गर्न सक्छु कि भन्ने मेरो आत्मा विश्वासका साथ् गैर आवाशीय नेपाली सँघ यूकेको अध्यक्ष जस्तो गरिमामय पदमा मैले उमेदवारी दिई सकेको यहाँहरुलाई अवगत नै छ,
तसर्थ आज यस अन्तिम विषम घडीमा आएर मेरो उमेदवारीबारेमा एक दुई दिन अगाडी देखि बिभिन्न अनर्गल बजारमा हल्ला आएको प्रति मेरो ध्यान आकर्षण समस्त मेरा शुभ चिन्तक साथै यूके बाशी गैर आवाशीय नेपाली आमा, बुबा,दाज्यु भाई साथै दिदी बहिनीहरुलाई गराउन चाहान्छु,
गत आईताबर ३ सेप्टेम्बर २०१७ एम्पायर हल अल्डरसटमा गोर्खा च्यानल टिभीको आयोजनामा सम्पन्न उमेदवारहरुको एक अन्तरक्रिया कार्यक्रममा पत्रकार मित्रले सोध्नु भएको एउटा प्रश्न (यदि तपाई साधारण सदस्यको हैसियतमा रहेर हेर्दा कुन उमेदवारलाई भोट दिनुहुन्छ भन्ने प्रश्नको जवाफमा मैले मेरा प्रत्यासी मित्र कृष्ण तिमिल्सिनाज्यु गैर आवाशीय नेपाली सँघको वर्तमान आईसिसि सदस्य रहि सक्नु भएको कारणले फेरि रास्ट्रिय परिषदको नेतृत्वमा भन्दा केन्द्रिय परिषदमा नै उठेको राम्रो र तलबाट नेतृत्वको लागि आएका अर्का मेरा प्रत्यासी योग कुमार फगामीज्युलाई भोट दिनेछु भन्ने मेरो उत्तर मात्र रहेको जानकारी यहाँहरुलाई दिन चाहान्छु,
त्यो त एउटा हाइपोथेटिकल प्रश्न न थियो, जवाफको आधार मात्र केवल नेतृत्व क्रमश तलबाट उठेर आओस माथि पुगिसकेको नेतृत्व अझ माथि नै जाओस भन्ने थियो, समग्रमा भन्नु पर्दा मेरो सिधा जवाफ प्रतिको फाइदा उठाउंदै बजारमा बिभिन्न हल्लाहरु आएका रहेकाछन् त्यसलाई अझै मैले शक्तिमा बदल्दै अगाडी बढ्ने आत्मा बल प्राप्त गरेको छु र त्यस प्रति सजक रहि अब आउने शनिवार ९ सेप्टेम्बर २०१७ मा हुने चुनाबमा आआफ्नो क्षेत्रमा गई मलाई नेतृत्वको लागि गैर आवाशीय नेपाली सँघ यूकेको अध्यक्ष पदमा अत्याधिक बहुमतले विजय गराउनु हुनेछ भन्ने मैले पूर्ण आशा लिएको छु ।”