आर्थिक

देशको अवस्था सन्तोषजनक बन्दै गएकोले मुलुक आर्थिक समृद्धीतिर उन्मुख- अध्यक्ष राणा

रामपुर (पाल्पा) । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाले पाल्पाको चिनारी पाल्पाली ढाका, करुवा र अदुवाको व्यापार अन्तरराष्ट्रियस्तरसम्म पु¥याउने बताए ।

मंगलबार पाल्पा उद्योग वाणिज्य संघको स्वर्ण महोत्सवको उद्घाटन गर्दै अध्यक्ष राणाले ढाका कपडा, करुवा र अदुवाको व्यापार अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन सके मुलुकमा आर्थिक सम्मृद्धि विकास हुने बताए ।

नेपालमा उत्पादित वस्तु भारत र चीनसम्म निर्यातका लागि उद्योग वाणिज्य संघले पहल गरिरहेको उनले बताए । अध्यक्ष राणाले मुलुकमा अहिले राजनीतिक वातावरण राम्रो बन्दै गएको बताउँदै स्थानीय निकायसँग समन्वय गरी उद्योग वाणिज्य संघले देशभरि नै उद्योगी व्यवसायीका हितमा रहेर काम गर्न लागेको बताए ।

स्वर्ण महोत्सवको अवसरमा उनले स्थापना कालदेखि हालसम्म पाल्पा उद्योग वाणिज्य संघमा आबद्ध रहेर महत्वपूर्ण योगदान पु¥याउनु हुने संस्थाका १०० भन्दा बढी पूर्व तथा वर्तमान पदाधिकारीलाई सम्मान पत्रले सम्मान गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष चन्डीराज ढकालले संघले उद्योगी र व्यवसायीको हकहितमा रहेर काम गर्दै आइरहेको बताए ।

कार्यक्रम शुरु हुनुपूर्व मंगलबार बिहान झाँकीसहितको ¥यालीले नगर परिक्रमा गरेको थियो । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।