आर्थिक

सिटिजन्स बैंकद्वारा बाढीपीडितलाई ११ लाख सहयोग

काठमाण्डौ । सिटिजन्स बैंकले देशको विभिन्न भागमा हालै गएको बाढीपीडिलाई सहयोग गर्ने उद्देश्यले रु. एघार लाखको र्आिर्थक सहायता प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमाप्रदान गरेको छ ।

यसैको निरन्तरता स्वरूप बाढी पिडितहरुको उद्दार तथा राहतको उदेश्यले सामाजिक उतरदायीत्व कार्यक्रम अन्तर्गत बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोध राज देवकोटाले महोतरी जिल्लााको मटीहानीका बाढी पीडितहरुलाई रू पाँँचलाख बराबरको त्रिपाल तथा खाद्यन्न सामग्री वितरण गरेका छन् ।
बैंकले ५०० परिबारलाई जनही एक हजार बराबरको त्रिपाल तथा खाद्यन्न सामग्रीउपलब्ध गराएको छ । वडा कार्यालय र स्थानीय प्रशाशनको समन्वयमा राहतवितरण कार्यक्रम गरिएको थियो ।

यस अघि पनिबैंकले महाभूकम्पका पिडितहरुलाई र्आिर्थक सहयोग स्वरुप एक करोड सो कोषमा प्रदान गरेको थियो । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ, खेलकुद, शिक्षा लगायतका क्षेत्रमा सहयोग पु¥याउदै आएको र भविश्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने कुरा बैंकका सहायक प्रमुखकार्यकारी अधिकृत देवकोटाले जानकारी दिए ।