आर्थिक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ६१ औं शाखा नवलपरासीको भूमहीमा

काठमाडौँ । नेपालको बैंकिङ्ग क्षेत्रमा अद्वितीय पहिचान बनाउन सफल रहेको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६१औं शाखा नवलपरासीको भूमहीमा समुद्घाटन गरेको छ ।

आज मिति २०७४ साल भाद्र १९ गते यस बैंकका नायब कार्यकारी अधिकृत गणेश राज पोखरेलले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेका छन् । उक्त समारोहमा जिल्लाका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
छहारा शाखाको विधिवत समुद्घाटनसँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहक महानुभावहरुलाई देशभरी फैलिएका यस बैंकको ६१ वटा शाखा, ५९ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरु लाई सेवा प्रदान गर्दै आएको छ । साथै आफ्नो ग्राहकवर्गहरुलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

उक्त समारोहमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकका नायब कार्यकारी अधिकृतको बाहुलीबाट बैंकले वाकवाणि माध्यमिक विद्यालयलाई १ थान कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ । उक्त समारोहमा रामनगर बजार विकास समितिलाई १५ थान डस्टबीन पनि उपलब्ध गराईएको छ । उक्त डस्टबीनको प्रयोगले भुमही बजारको सुन्दरता कायम हुने कुरा भुमही शाखाका प्रबन्धक मधु खनालले जानकारी गराएका छन् ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।