पु.समाचार

‘कान्तिपुर’द्वारा संकलित रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण

काठमाडौंँ । कान्तिपुर फाउण्डेशनले बाढीपहिरो पीडितको राहतका लागि संकलित रु एक करोड १४ लाख ४१ हजार ३२ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई आज हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले उक्त रकम हस्तान्तरण गरेका हुन् । फाउण्डेशनले बाढीपहिरो पीडितलाई राहत पुर्याउने उद्देश्यले ‘कान्तिपुर बाढी–पहिरो राहत कोष’ स्थापना गरी सो रकम संकलन गरेको थियो ।

फाउण्डेशनले रु ११ लाख राखेर स्थापना गरेको कोषमा नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, एनआइसी एसिया बैंक, सानिमा बैंक, नेपाल मेडिसिटी अस्पताल र प्रभु बैंकले प्रतिसंस्था रु ११ लाख सहयोग गरेका थिए । कोषमा जम्मा भएको बाँकी रकम सर्वसाधारणबाट संकलन भएको हो ।