राजनीति

खुमबहादुर त के कसैको दबाबमा पनि भ्रष्टाचारविरोधी अभियान रोकिदैनः धनराज गुरुङ

काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता धनराज गुरुङले भ्रष्टाचार गरेको ठहर भएको नेताले पनि चुनाव लड्न पाउनुपर्ने व्यवस्थासहितको संशोधन प्रस्ताव संसदमा असफल हुनु जायज भएको बताएका छन् । मंगलबार सुर्यखबर डटकमसँगको कुराकानीका क्रममा उनले सो कुरा बताएका हुन् ।

कुराकानीका क्रममा नेता गुरुङले भ्रष्टाचारी ठहर भएर सजाय पाइसकेका व्यक्तिहरुले समेत उम्मेद्वार हुने प्रावधान राखिएको भए त्यसले मुलुकलाई अस्तव्यस्त बनाउने भएकोले उक्त संशोधन प्रस्ताव पार्टीले फिर्ता लिएर स्वागतयोग्य काम गरेको बताए ।

उनले भने, ‘उक्त संशोधन मुलुक र पार्टीको हित विपरित थियो । हामी सबै साथीहरुको एउटै मत भ्रष्टहरुलाई चुनाव लड्न दिनुहुँदैन भन्ने थियो, हाम्रो अभियान सफल भएको छ ।’

नेता गुरुङले आफुहरुले सुरु गरेको सो अभियानमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल,नेता मनमोहन भट्टराई लगायतले साथ दिएको बताए । नेता गुरुङले आफुहरुले भ्रष्टाचार विरोधी अभियानको सुरुवात गर्दा कतैबाट दबाब नआएको तर केही व्यक्तिहरुले आफुहरु विरुद्ध सुचना संकलन गरिराखेको खुलासा गरे ।

नेता गुरुङले खुमबहादुर खड्का त के प्रधानमन्त्रीले नै दबाब दिएपनि भ्रष्टाचार विरोधी आफ्नो अभियान नरोकिने बताए ।  यद्यपि,उनले पार्टीभित्रका भ्रष्टहरुको विरुद्धमा निकै साहासका साथ लडाई लडेको स्पष्ट पारे । आफुहरुको अभियान सफल भएको बताएका छन् ।

कुराकानीका क्रममा नेता गुरुङले अहिलेको सरकार निकै जम्बो भएको र यसले जनतालाई भार बढाएको बताए ।  उनले अहिले २५–३० जनाको मन्त्रीमण्डल भए पुग्नेमा ५० जनाको मन्त्रीमण्डल गठन गरेर प्रधानमन्त्रीले गल्ती गर्नुभएको बताए ।

त्यस्तै अर्को एक प्रसंगमा नेता गुरुङले चुनावमा माओवादी केन्द्रसँग तालमेल गरेर पार्टीले गल्ती गरेको समेत खुलासा गरे । नेता गुरुङसँगको कुराकानी आगामी केही दिनमा प्रकाशित हुनेछ ।