राजनीति

यसकारण अब भ्रष्ट र अपराधीहरुले उम्मेद्वार बन्न नपाउने भए !

काठमाण्डौ । ब्यवस्थापिका संसद्ले भ्रष्टाचार, बलात्कारलगायत गम्भीर प्रकृतिका फौजदारी अपराधमा सजाय पाएकाहरुले उम्मेदवार बन्न नपाउने गरी सोमबर निर्वाचनसम्बन्धी कानुन पारित गरेको छ ।

भ्रष्टाचार आरोप प्रमाणित भई अदालको आदेशअनुसार सजाय भोगेकाले पनि निश्चित अवधिपछि चुनाव लड्न पाउनुपर्ने कांग्रेस सांसदहरुको संशोधन प्रस्ताव फिर्ता लिईएपछि प्रतिनिधिसभा र प्रदेशसभा सदस्या निर्वाचनसम्बन्धी दुईवटा विधेयक संसदले पारित गरेको हो भन्दै मंगलबारको कान्तिपुरमा समाचार लेखिएको छ ।