आर्थिक

यसरी केरुङ नाकामै अड्किए दशौं अर्बका सामान

काठमाण्डौ । दशैंलाई लक्षित गरेर ल्याइएका सामान नेपाल र चीनबीचको केरुङ भन्सारमै रोकिएका छन् । भन्सार पास नहुँदा केरुङ नाकामा सामान बोकेर आएका कन्टेनर दुई महिनादेखि अलपत्र परेका हुन् ।

दशैंका लागि ल्याइएका सामान दशैं नजिकिँदा समेत नछुट्दा व्यवसायी मारमा परेका छन् । सामान बोकेर आएका १५ सय कन्टेनर सामान रोकिएको व्यवसायीले जानकारी दिएका छन् ।

आइतबारको कारोबारमा लेखिएको छ, भन्सार मूल्यांकन नहुँदा १० अर्ब रुपैयाँभन्दा बढीको सामान नाकामै रोकिएको व्यवसायीले बताए ।